ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरएमडीसी लघुवित्तद्वारा अपांग सेवा संघलाई सहयोग 

२०७७ फागुन, १८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १८, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर जिल्ला, बुंमती स्थित अपांगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको अपांग सेवा संघलाई सहयोग प्रदान गरेको छ ।

मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपांग सेवा संघका अध्यक्ष दया राम महर्जनलाई रू. ५० हजार बराबरको खाद्य सामाग्री र अपांग सेवा संघको नाममा रू. ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । 

उक्त अवसरमा अपांग सेवा संघका अध्यक्ष महर्जनले यस प्रकारको सहयोगले उक्त संघलाई ठूलो राहत तथा हौसला मिलेको खुसी व्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिए । 

कम्पनीले नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्