ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निशानका पूर्व प्रमुख गोनलाई भगाउने अमेरिकी बाबुछोरालाई जापान सुपर्दगी

२०७७ फागुन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १८, वाशिङ्टन डीसी (अमेरिका) । जापानी अटो निर्माता कम्पनी निशानका पूर्व प्रमुख कार्लोस गोनलाई जापानबाट बाहिर भाग्न सघाउने एक अमेरिकी बाबुछोरालाई जापानी अधिकारीहरु समक्ष सुम्पिएको छ । 

गोनलाई एक बाकसमा लुकाएर निजी जेट विमानबाट जापानबाहिर भाग्न मद्दत गरेको भन्दै गत वर्षदेखि माइकल टेलर र उनको छोरा पिटर टेलरमाथि मुद्दा चलिरहेको थियो । 

गत महीना नै अमेरिकी अदालतले ती बाबुछोरालाई जापान सुपर्दगी गर्ने बाटो खुला गरेको थियो । मे महीनामा पक्राउ परेयता ती दुबै बोष्टनको एक जेलमा बन्दी थिए । सोमवार बिहान उनीहरुलाई जापानी अधिकारीको जिम्मा लगाइएको हो । 

सन् २०१९ को डिसेम्बर २९ मा गोनलाई भगाउनका लागि यी बाबुछोराले १३ लाख अमेरिकी डलर लिएको अभियोजनकर्ताहरुले बताएका छन् । गोन भागेर लेबनान पुगेका थिए । लेबनानसँग जापानले सुपर्दगी सन्धी गरेको छैन । ६० वर्षिय टेल निजी सुरक्षा विशेषज्ञ हुन् । उनले अमेरिकी सेनाको विशेष बलमा समेत काम गरिसकेका छन् । 

उनले कुनै समय विदेशमा अप्ठ्यारो अवस्थामा बस्न बाध्यहरुलाई सो देश छाड्न मद्दत गर्ने कम्पनी पनि चलाएका थिए । उनले अहिलेसम्म करीब २ दर्जनको इस्केप अपरेशन पूरा गरेको र यस कामका लागि २० हजार देखि २० लाख डलरसम्म लिएको बताइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्