फागुन १८, काठमाडौं । राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन चैत ७ गते हुने भएको छ । महाधिवेशन प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा हुने भएको हो ।
सबै खाले साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका लागि काम गर्दै आएको महासंघको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
महासंघले बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस् या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवम् व्यवसायीक वातावरण निर्माणका लागि यस महासंघको भूमिका सधै नेतृत्वदायी नै रहने महासंघे विज्ञप्तिमार्फत जानकारी दिएको छ ।