ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जापानमा कोरोना खोप लगाएकी एक महिलाको मृत्यु 

२०७७ फागुन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १८, टोकियो (जापान) । जापानमा कोरोना भाइरस विरोधी खोप लगाएकी एक ६० वर्षीया महिलाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलवार बताएअनुसार ती महिलालाई शुक्रवार अमेरिकी फर्मा कम्पनी फाइजर इंकको कोभिड–१९ विरोधी खोप लगाइएको थियो । उनको मृत्यु सोमवार भएको बताइएको छ । मृत्युको कारण सबाराक्नोइड भएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका अनुसार तत्कालै खोप र ह्यामरेज बीचको सम्बन्ध खुट्ट्याउन सकिएको छैन । कोरोना भाइरस विरोधी खोप लगाएपछि जापानमा कसैको मृत्यु भएको यो पहिलो घटना हो । 

ती महिलामा कुनै दीर्घ रोग पनि नभएको बताइएको छ । अन्य देशमा पनि फाइजरको खोप लगाएपछि सबाराक्नोइड ह्यामरेज भएर अहिलेसम्म मृत्यु भएको घटना सार्वजनिक भएका छैनन् । 

जापानले फेब्रुअरी १७ देखि ४० हजार चिकित्साकर्मीहरुलाई खोप लगाउन शुरु गरेर खोप कार्यक्रम शुरु गरेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्