विराटनगर (अस) । महालक्ष्मी वायर एन्ड केबुल इन्डस्ट्रिज प्रालिले जल ब्रान्डका पाइप एन्ड फिटिङका बिक्रेतासँग छलफल गरेको छ ।
महालक्ष्मीले जल ब्रान्डमा सिपिभिसी र पिभिसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । कम्पनीले पहिलो चरणमा सिराहाभन्दा पूर्वका बजार प्रतिनिधि तथा बिक्रेतालाई सहभागी गराएर सुनसरीको इटहरीमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कम्पनीका सञ्चालक तथा व्यवस्थापकले जललाई सशक्त रूपमा अघी बढाउन बिक्रेता भेला आयोजना गरिए बताए ।
कम्पनीले छिट्टै स्यानिटरी टायल उत्पादन सुरु गरिने र ट्रिपल कोटेड केबुल, इलेक्ट्रिकल पाइप, बोरबेल पाइप, गार्डेन पाइप, ड्रेनेज पाइपलागायत अन्य दर्जन बढी नयाँ उत्पादन बजारमा ल्याउन लागिएको जानकारी दिएको छ ।
जल ब्रान्डका पिभिसी, एचडिपी र सिपिभिसी पाइपले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरिसकेको कम्पनीले बताएको छ ।