ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइसबर्ग बियर नयाँ स्वरूपमा

२०७७ फागुन, १९  
बजार
Image Not Found

काठमाडौं (अस) । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै आइसबर्ग बियर नयाँ स्वाद र लेबलमा बजारमा बिक्री सुरु भएको छ ।

तीन दशकअघि नेपाली बजारमा लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताले नयाँ स्वादका साथ सेवन गर्न सक्नेछन् ।

गोदावरी मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो स्प्रिङ वाटर प्रयोग भई उत्पादित नेपालको एक मात्रै बियर हो ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिस्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा आएको कम्पनीले जनाएको छ । विशेषगरी युवालाई लक्षित गरेर उत्पादन गरिएको र सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको कम्पनीले बताएको छ । कम्पनीले ६५० एमएल बोतलको मूल्य २ सय ८५ रुपैयाँ पर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्