ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुधवार तोलामा ५०० बढ्यो सुनको मूल्य

२०७७ फागुन, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १९, काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन १ हजार ७०० ले घटेको सुनको भाउ बुधवार रू. ५०० उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ८७ हजार ५०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८७ हजारमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८७ हजार ५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ५५० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू. एक हजार २९० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. २५ ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्