ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रौं बराबरको पनि हिच्किचाहट नगरी कोरोनाविरुद्धको खोप लगाऔं : सभामुख सापकोटा (फोटो फिचर)

२०७७ फागुन, १९  
फोटो फिचर
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १९, काठमाडौं । काठमाडौंको मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा बुधवार कोरोनाविरुद्धको खोप लगाउँदै सभामुुख अग्निप्रसाद सापकोटा ।  

सभामुख सापकोटाले  खोप लगाएपछि सञ्चारकर्मीहरुलाई दिएको प्रतिक्रिया अनुसार कोरोनाविरुद्धको खोप लगाउँदा  कुनै असहज  भएको छैन । उनले बिहान उक्त अस्पतालमा खोप लगाइसकेपछि शारिरीक रुपमा कुनै असहज महसुस नभएको बताएका हुन् ।

उनले भने, ‘खोप लगाउँदाखेरि थोरै असहज हुन्छ कि भन्ने मैले सोचेको थिएँ । विल्कुल असहज महसुस भएन ।’ सभामुख सापकोटाले वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले निर्धक्क भएर कोरोनाविरुद्धको खोप लगाउन पनि सबैलाई आह्वान गरेका छन् ।

उनले वैज्ञानिक रुपमा सफल भएकाले सम्पूर्ण नेपालीहरुले रौं बराबरको पनि हिच्किचाहट नगर्न पनि आग्रह गरेका छन् । यसैबीच स्वास्थ्य तजा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि बुधवार नै कोरोनाविरुद्धको खोप  लगाएका छन् ।

हेरौं तस्वीरहरु :

 


उनीहरुसहित सांसद, संसद सचिवालयका कर्मचारीहरुलाई बुधवारबाटै कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

 तस्वीरहरु : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्