फागुन १९, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले चैत १८ गते साधारण सभा बोलाएको छ ।
सभा मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित ओम अध्याय रिट्रिट रिर्सोटमा बिहान ११ बजे हुने कम्पनीले बताएको छ ।
सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत १ गते एक दिन बन्द गर्ने पनि कम्पनीले बताएको छ ।
कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।