ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल दुरसञ्चार कम्पनीको बजार पूँजीकरण करीब ११ अर्बले घट्यो

२०७७ फागुन, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १९, काठमाडौं । लाभांश सार्वजनिक भएकै दिन बुधवार नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य ५ दशमलव ७४ प्रतिशतले घटेको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट प्रतिशेयर रू. ४० का दरले नगद लाभांश वितरण गर्ने निर्णय बुधवार सार्वजनिक गरेको हो । हालसम्मकै इतिहासमा सबैभन्दा कम लाभांश कम्पनीले यस वर्ष प्रस्ताव गरेको हो ।

विगतका वर्षहरुमा ५५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको कम्पनीले गत वर्ष पनि ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम लाभांश प्रस्तावका कारण पनि घटेको बजारमा कम मूल्यमै शेयर विक्री गर्न लगानीकर्ताहरु तयार भएको देखिए ।

जसका कारण मंगलवार रू. १ हजार २७२ कायम भएको कम्पनीको शेयरमूल्य बुधवार रू. १ हजार १९९ कायम भएको हो । एकै दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७३ ले घटेको छ । धितोपत्र दोस्रो बजारमा सर्वाधिक बजार पूँजीकरण रहेको उक्त कम्पनीको पूँजीकरण एकै दिन रू. १० अर्ब ९५ करोडले घटेको छ ।

मंगलवारको तुलनामा बुधवार कम्पनीको शेयरमूल्य घटेसँगै कुल बजार पूँजीकरणमा कमि आएको हो । मंगलवार रू. १ खर्ब ९० अर्ब ८० करोड रहेको बजारपूँजीकरण बुधवार रू. १ खर्ब ७९ अर्ब ८५ करोडमा झरेको हो ।

बुधवार यस कम्पनीको सबैभन्दा बढी रकमको शेयर खरीदविक्री भएको छ । यस दिन कम्पनीको रू. २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्