ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बागलुङ राजस्व कार्यालयद्वारा ७ महीनामा १८१% राजस्व संकलन 

२०७७ फागुन, १९  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

फागुन १९, बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङमा चालू आर्थिक वर्ष २०७७/०७८ को सात महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । 

कार्यालयले सात महीनामा १८१ दशमलव ५ प्रतिशत राजस्व संकलन गरेको हो । गत वर्ष सात महीनामा १२८ प्रतिशत राजस्व संकलन भएको थियो । 

कार्यालयका प्रमुख जनकराज शर्माले चालू आर्थिक वर्षमा बक्यौता राजस्व तिर्न करदाताहरुलाई आव्हान गरेको कारण राजस्व वृद्धि भएको बताए । उनले माघ मसान्तसम्म ४४ करोड २८ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ८० करोड ३७ लाख ८ हजार रुपैयाँ संकलन भएको जानकारी दिए । 

‘हामीले अहिले बक्यौता रकम नतिरेकाहरुलाई ताकेता गरिरहेका छौं,’ प्रमुख शर्माले भने ‘ठूलो बक्यौता रहेकाहरुबाट माघ महीनामा १० करोड रकम संकलन भयो । त्यस कारण लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएका हौं ।’

चालू आर्थिक वर्ष २०७७/०७८ मा ८६ करोड २० लाख ६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले फागुन महीनामा ३८ करोड २२ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

उनले आयकरतर्फ ४८ करोड २३ लाख ५७ हजार रुपैयाँ, बहाल करतर्फ १० करोड ७१ लाख ९ हजार रुपैयाँ, व्याजकरतर्फ ७१ करोड ९४ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको बताए । यस्तै मूल्य अभिवृद्धि करतर्फ २२ करोड ७ लाख ३९ हजार रुपैयाँ, अन्तशुल्कतर्फ १६ करोड ८५ लाख ८ हजार रुपैयाँ, स्वास्थ्य सेवा करतर्फ १० लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख शर्माले बताए । 

यस्तै गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको सात महीनामा व्यवसायिक आयकर र व्यक्तिगत आयकर दर्ता गर्नेहरुको संख्या बढेको छ । गत आर्थिक वर्ष २०७६/०७७ को सात महीनामा व्यवसायिक आयकर दर्ता गर्नेहरुको संख्या ४१६ रहेकोमा चालू आर्थिक वर्षको सात महीनामा २ हजार ३३४ बढेसँगै १५ हजार १ सय ७५ जना व्यवसायिक आयकर लिने रहेका छन् । 

यस्तै सात महीनामा ३ हजार ३८२ जनाले व्यक्तिगत आयकर लिएसँगै हालसम्म २५ हजार ७६८ जनाले व्यक्तिगत आयकर लिएका छन् । यस्तै मुअकर तर्फ १ हजार ४०४ र अन्तशुल्क १ हजार ४२ रहेका छन् ।

कार्यालयले करको दायरामा नआएका करदातालाई दायरामा ल्याउन बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दीमा कर शिक्षा, कर जागरण कार्यक्रम गरेसँगै करको दायरा बढेको कार्यालय प्रमुख शर्माले बताए । शर्माले मूल्य अभिवृद्धि कर सहित धेरै कामहरु अनलाईनबाटै हुने र राजस्व समेत बैंकबाट बुझाउन सकिने भएकोले कार्यालयमा आइरहनुपर्ने अवस्था नरहेको बताए । कार्यालयमा प्यान लिन मात्र कार्यालयमा आउनुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्