ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बेलायतमा कर्पोरेशन कर बढाएर २५ % मा 

२०७७ फागुन, १९  
अन्तरराष्ट्रिय
Image Not Found
बेलायती अर्थमन्त्री ऋषी सुनाक/ फाइल फोटो

फागुन १९, लन्डन (बेलायत) । बेलायती अर्थमन्त्री ऋषी सुनाकले बुधवार कर्पोरेशन कर वृद्धिको घोषणा गरेका छन् ।

सन् २०२३ देखि कर २५ प्रतिशतमा पुग्नेछ । कोरोना भाइरसको महामारी पछि सार्वजनिक खर्च ब्यूताउँन सरकारले सो कदम चालेको हो । अर्थतन्त्र सो अवधिमा महामारीपूर्वको अवस्थामा फर्किने अफिश फर बजेट रेस्पोसिबिलिटी (ओबीआर) को प्रक्षेपण पछि कर वृद्धिको लागि सो समय रोजिएको बुधवार आफ्नो वक्तव्यमा सुनाकले भने ।

 ५० हजार पाउन्ड वा सोभन्दा कम मुनाफा कमाउने साना व्यवसायहरुलाई जोगाउन भने साना मुनाफा दर सृजना गर्ने समेत उनले बताए । अहिले बेलायतको कर्पोरेट दर १९ प्रतिशत रहेको छ । वृद्धिको निर्णयले ७० प्रतिशत अर्थात् १४ लाख ओटा व्यवसायहरु प्रभावित नहुनेमा उनले जोड दिए ।

५० हजार पाउन्ड स्टर्लिङभन्दा माथि पनि फरक- फरक कर दरको व्यवस्था गरिने अनि वार्षिक २ लाख ५० हजार पाउन्ड भन्दा धेरै मुनाफा कमाउनेहरुलाई मात्रै पूरै २५ प्रतिशत कर लगाइनेछ । 

सन् २०२२ को मध्यतिर बेलायती अर्थतन्त्र कोभिड–१९ को महामारी पूर्वको अवस्थामा फर्किने ओबीआरको अनुमान छ । सन् २०२१ मा अर्थतन्त्र ४ प्रतिशतले बढ्ने अनि सन् २०२२ मा यो दर ७ दशमलव ३ प्रतिशत माथि पुग्ने ओबीआरको प्रक्षेपण छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्