ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

८ जनालाई नि : शुल्क चन्द्रमामा लैजादै जापानी अर्बपति माएजावा 

२०७७ फागुन, १९  
अन्तरराष्ट्रिय
Image Not Found
जापानी अर्बपति व्यापारी युसाका माएजावा/ फाइल फोटो

फागुन १९, टोकियो (जापान) । जापानी अर्बपति व्यापारी युसाका माएजावा सन् २०२३ मा वर्ष चन्द्रमाको भ्रमणमा जाँदैछन् । 

डियरमून नामक सो अन्तरिक्ष मिसनमा उनले आफूसँगै चन्द्रमामा जान ८ जनाको खोजी गरिरहेका छन् । यी आठ जनाले चन्द्रमा घूम्न जान कुनै पनि पैसा तिर्नु पर्दैन । अर्थात् यसको सबै शुल्क माएजावाले नै तिरिदिने छन् । 

यसका लागि विश्वभरबाट जसले पनि आवेदन दिन सक्ने बताइएको छ । ईच्छुकहरुलाई उनले आवेदन दिन निमन्त्रणा दिएका छन् । माएजावाले अमेरिकी अर्बपति व्यापारी एलनमस्कको स्पेसएक्स रकेटमा चन्द्र भ्रमणमा जान लागेका हुन् । 

यात्रामा विभिन्न पृष्ठभूमिका मानिसहरु जोडिउन भन्ने आफ्नो चाहना रहेको माएजावाले ट्विटरमा पोष्ट गरेको एक भिडियोमा भनेका छन् । सो भिडियोमा उनले आवेदनमा भर्नुपर्ने कुराहरु बताएका छन् । 

सन् २०१८ मा स्पेसएक्सले चन्द्रमाको परिक्रमा यात्रामा लान पहिलो निजी यात्रुको रुपमा माएजावालाई छनौट गरेको थियो । उक्त मिसनका लागि माएजावाले कति रकम खर्च गरे भन्नेबारे खुलाइएको छैन । तर सो रकम निकै धेरै भएको चाहीं मस्कले बताएका थिए । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्