ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे

२०७७ फागुन, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १९, काठमाडौं । आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्राण्ड माक्कुसे बजारमा आएको छ ।

माक्कुसे ब्राण्डमा हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफि मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन् ।

‘गुदपाक, पुष्टकारी मिठो स्वादका लागि मात्रै होइन, पोषणका लागि पनि उत्तिकै महत्व बोकेको छ । हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ ।’ माक्कुसेका सीईओ तथा सह–संस्थापक अनुस्का श्रेष्ठले भनिन् ’हाम्रो उत्पादनहरु विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ ।’

गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गइरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संवेदनसिलतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको श्रेष्ठको भनाइ छ ।

काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पदन तयार गरिने बताइएको छ ।

मिस वर्ल्ड नेपाल २०१९ को विजेता समेत रहेकी श्रेष्ठ मिस वल्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको स्थापना गरेको बताउँछिन् ।

विभिन्न क्षेत्रमा सफल युवा तथा महिला उद्यमीहरूको समूहले पोषण तथा सरसफाइ ध्यानमा राखेर गुणस्तरीय उत्पादन गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्