ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सरकारी उच्चस्तरीय टोलीद्वारा अरुण तेस्रो जलविद्युत परियोजना निरीक्षण

२०७७ फागुन, १९  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १९, विराटनगर । लगानी बोर्डको पहलमा नेपाल सरकारका उच्च अधिकारीहरूको टोलीले संखुवासभा जिल्लामा अवस्थित तीव्र रूपमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत परियोजनाको बुधवार निरीक्षण गरेको छ ।

निरीक्षणको क्रममा टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याहरूबारे स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । उक्त टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माण स्थल तथा चिचिला गाउँपालिकास्थित दिदिङ्गको विद्युत्गृह निर्माण कार्यको अवलोकन गरेको छ । 

साथै, उक्त टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालाहरूसँग पनि छलफल गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

उक्त टोलीमा गृह सचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव दिनेश घिमिरे, लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारी, बोर्ड कार्यालयका सिनियर डिभिजन इन्जिनियर सागरराज गौतम लगायतको सहभागिता रहेको थियो ।

सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन भइरहेको ९०० मेगावाट क्षमताको उक्त परियोजना निर्माणको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करीब डेढ वर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया [1]
User Image

Ramram

[Mar 3, 2021 04:12pm]

Yi deshdrohi harule upper tamakosi lai dhilai garera arun lai badhawa didai atikramankari india ko sewa garekaxan. Wa re oli tero rastabad.


प्रतिक्रिया दिनुहोस्