ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चीनमा बिट्क्वाइन माइनिङ हब बन्द 

२०७७ फागुन, १९  
अन्तरराष्ट्रिय
Image Not Found

फागुन १९, पेचिङ (चीन) । चीनको भित्री मंगोलिया क्षेत्रले नयाँ क्रिप्टोकरेन्सी माइनिङ परियोजनामा प्रतिबन्ध लगाउने योजना बनाएको छ । ऊर्जा खपत कम गर्नका लागि सो योजना बनाइएको हो । विद्यमान गतिविधि समेत बन्द गरिने भएको छ । 

बिट्क्वाइन माइनिङ गर्ने कम्प्युटरहरू हाई–पावरका हुन्छन् । यिनीहरुले निकै धेरै ऊर्जा खपत गर्छन् । क्याम्ब्रिज बिट्क्वाइन इलेक्ट्रिसिटी कन्जम्शन इन्डेक्सका अनुसार बिट्क्वाइन माइनिङले प्रतिवर्ष १२८ दशमलव ८४ टेर्रावाट आवर बिजुली खपत गर्ने अनुमान गरिएको छ । विश्वभर माइनिङ हुने बिट्क्वाइनमा चीनको अनुपात ६५ प्रतिशत छ । 

यसमा भित्री मंगोलियाको अनुपात ८ प्रतिशत रहेको छ । विश्वभर हुने बिट्क्वाइन माइनिङ अमेरिकाको अनुपात ७ दशमलव २ प्रतिशत छ । सन् २०१९ मा भित्री मंगोलियाले ऊर्जाको प्रयोगबारे केन्द्र सरकारको मूल्यांकन लक्ष्य पूरा गर्न सकेनन् । जसका कारण गाली समेत खेप्नु पर्‍यो । 

त्यसैको प्रतिक्रिया स्वरुप भित्री मंगोलियाको विकास तथा सुधार आयोगले ऊर्जा खपत घटाउने योजना बनाएको हो । सो योजनामा विद्यमान क्रिप्टोकरेन्सी माइनिङ परियोजना सन् २०२१ को अप्रिलसम्ममा बन्द गर्ने र नयाँ परियोजनालाई अनुमति नदिने योजना छ । स्टिल र कोइलालगायत अन्य ऊर्जा खपत धेरै हुने उद्योगबारे पनि पुनर्विचार गरिने बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्