ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एक सय फर्मलाई ३० लाख जरीवाना

२०७७ फागुन, २०  
प्रदेश ०२
NA

वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान विक्री गर्ने, अरूको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ ओटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार जरीवाना गरेको छ ।  कार्यालयले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा २०५ व्यापारिक फर्ममा अनुगमन गरेकामा १०५ फर्म कारबाहीमा परेका हुन् । एसआर रेडिमेड उद्योगलाई सबैभन्दा बढी ३ लाख जरीवाना गरिएको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएकोले उक्त उद्योगलाई हदैसम्मको जरीवाना गरिएको हो । यसैगरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनेरल अर्डर सप्लायर्सलाई २ लाख ५१ हजार र गगन ट्रेडिङ हाउसलाई २ लाख जरीवाना गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका–३ स्थित घर संसार पसललाई ३ लाख जरीवाना गरिएको छ । ती व्यापारिक फर्महरूले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरीवाना गरिएको निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्