ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विराटनगर मनपामा अनलाइन पोर्टल सञ्चालन

२०७७ फागुन, २०  
प्रदेश ०१
NA

मोरङ । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढंगले राजस्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलवार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरका करदातालाई आफ्नो विवरण हेर्ने र कर भुक्तानीको सुविधा दिने उद्दश्यले अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।

कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढंगले घरबाट भुक्तानीको व्यवस्था मिलाइएको छ । महानगर प्रमुख भीम पराजुलीले उक्त प्रविधिबाट नगरवासीले सहज रूपले राजस्व बुझाउन सक्ने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्