ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुँदपाक र पुष्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे

२०७७ फागुन, २०  
बजार
NA

काठमाडौं (अस) । आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्रान्ड माक्कुसे बजारमा आएको छ । नेवारी भाषामा माक्कुसेको अर्थ अत्यन्तै मीठो हुन्छ ।

माक्कुसे ब्रान्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्तासहितको गुँदपाक, मोका (कफी मिश्रित) गुँदपाक, चकलेट र गुँदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन् । माक्कुसेका उत्पादन परम्परागत नेपाली परम्पराबाट प्रेरित छन् । दूधको खुवा प्रयोग गरी उत्पादित यी उत्पादनले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने बताइएको छ ।  ‘गुँदपाक, पुष्टकारी मीठो स्वादका निम्ति मात्रै नभई पोषणका लागि पनि उत्तिकै महत्व बोकेको छ । हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौं,’ माक्कुसेका सीईओ तथा सह–संस्थापक अनुष्का श्रेष्ठ भन्छिन् ।  काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पादन तयार गरिने उनले बताइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्