ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जगदम्बा सिमेन्टको एक्सपर्ट मिट

२०७७ फागुन, २०  
बजार
Image Not Found

काठमाडौं (अस) । जगदम्बा सिमेन्टले  निर्माण क्षेत्रका विज्ञहरुको सम्मेलन गरेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा कम्पनीले ४० भन्दा बढी निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखका साथै मिडियाकर्मीसँग अन्तरक्रिया गरेको हो ।

निर्माण विज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने सम्भावनालाई दृष्टिगत गरेर कम्पनीले यो कार्यक्रम आयोजना गरेको हो ।

भूकम्प प्रतिरोधात्मक संरचना बनाउन गुणस्तरीय निर्माण सामग्रीको प्रयोगका साथै दक्ष जनशक्तिबाट निर्माण सम्पन्न गर्नुपर्नेे कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले बताए ।
कार्यक्रममा मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इञ्जिनियर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ टाइमका आधारमा मात्र ओपिसी र पिपिसी सिमेन्टको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

स्थापना कालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेता लक्षित जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोगविधिलगायत कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीका वरिष्ठ ब्रान्ड म्यानेजर जगन्नाथ दाहालले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्