काठमाडौं (अस) । मोलुङ हाइड्रोपावर कम्पनीले रु. ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
सम्झौतामा कम्पनीका सञ्चालक अमृतकुमार महर्जन र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाका बासिन्दाका लागि ८ लाख २ हजार ५ सय कित्ता र सर्वासाधारणकोृ लागि २७ लाख २८ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले ७ मेगावाट मोलुङ खोला जलविद्युत् आयोजनाबाट २०७४ चैत १२ गतेबाट ब्यापारिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ ।