ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आकाशे पानी संकलन तथा भूमिगत जल पुनर्भरण परियोजना हस्तान्तरण

२०७७ फागुन, २०  
बजार
Image Not Found

काठमाडौं  (अस) । वाटर एड नेपाल र कोकाकोला फाउन्डेसनको सहयोगमा एकीकृत सहरी विकास केन्द्रले आकाशे पानी संकलन तथा भूमिगत जल पुनर्भरण परियोजना नेपाली सेनाको राजदल गणलाई हस्तान्तरण गरेको छ ।

२०२० जनवरीमा सुरु भएको सहकार्यात्मक परियोजना ललितपुर महानगरप्रमुख  चिरिबाबु महर्जनको उपस्थितिमा राजदल पाटन ब्यारेकलाई हस्तान्तरण गरिएको हो ।

परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रमा भूमिगत जलको पुनर्भरण गर्न र यो प्रविधिलाई समुदायमाझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ । ब्यारेक परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरसहितका ५१ पुनर्भरण इनार निर्माण गरिएका छन्  ।

यी इनारमार्फत सम्भाव्य जल पुनर्भरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको छ । यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउन, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँमा तीन वटा थिगर (सिल्ट) हटाउने बेसिन पनि निर्माण गरिएको थियो ।

भूमिगत जलको पुनर्भरणसम्बन्धी प्रयासको कार्यकुशलता प्रदर्शन गर्न एउटा वर्षा बगैंचा  निर्माण गरिएको छ । स्थानीय निकाय, नागरिक समाज तथा शैक्षिक संस्थालाई संलग्न गर्दै भूमिगत जल पुनर्भरणसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदायमा सञ्चालन गरिएका थिए । यो कार्य सामुदायिक पोखरीलाई ब्युँताएर पनि गर्न सकिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्