ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनको भाउमा पुनः गिरावट, बिहीवार तोलामा १ हजारले घट्यो

२०७७ फागुन, २०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २०, काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य ओरालो लागेको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. १ हजारले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८६ हजार ५०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ८७ हजार ५०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १ हजारले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८६ हजार ५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८७ हजार ५० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २८५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. ३० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्