ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन पहिलो घण्टामा २.४९% ले बढ्यो नेप्से (१२ बजेको अपडेट) 

२०७७ फागुन, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ६० दशमलव २३ अंकले बढेर २ हजार ४७६ दशमलव २४ विन्दुमा पुगेको छ ।   
    
२ हजार ४२४ दशमलव ९० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव ४९ प्रतिशतले बढेको हो । 

कारोबारको पहिलो घण्टामा चन्द्रगिरी हिल्सको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ६०५ पुगेको छ । 

पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको १५ हजार १७५ पटकको कारोबारमा २२ लाख ८० हजार २४४ कित्ता शेयरको रू. १ अर्ब ४३ करोड ४८ लाख बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ९ करोड ५५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार २०३ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ७ दशमलव शून्य १ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्