फागुन २०, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य बिहीवार १० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०५ पुगेको छ र कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो । कम्पनीको शेयर विगत चार दिनदेखि १० प्रतिशतका दरले वृद्धि हुँदै आएको छ ।
यो समाचार तयार पार्दाको समय १२ : ४७ बजेसम्ममा कम्पनीको ५२५ कित्ता शेयर खरीदविक्री भएको छ । मार्केट डेप्थमा खरीद अर्डर ८ लाख ६३ हजार २२७ कित्ता छ भने विक्रेता एउटा पनि देखिएको छैन ।
कम्पनीको शेयर मूल्य पहिलो कारोबार दिन प्रतिकित्ता रू. १६१ खुला भएको भएको थियो । कम्पनीले पहिलो कारोबारको लागि रू. ९६ दशमलव ६९ देखि २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।