ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३.३३% ले बढेको बजारमा इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार (१.१० बजेको अपडेट) 

२०७७ फागुन, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २०, काठमाडौं । बिहीवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ८० दशमलव ४२ अंकले बढेर २ हजार ४९६ दशमलव ४३ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ३ दशमलव ३३  प्रतिशतले बढेको हो । 

दोस्रो घण्टाको अवधिमा २०१ ओटा कम्पनीको रू. २ अर्ब २८ करोड २ लाख ३३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ७ दशमलव शून्य ९ प्रतिशतले बढेको हो ।

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २१ करोड ७० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५३२ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्