फागुन २०, काठमाडौं । बिहीवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ७१ दशमलव ५५ अंकले बढेर २ हजार ४८७ दशमलव ५५ विन्दुमा पुगेको छ ।
२ दशमलव ९६ प्रतिशतले बढेको बजारमा २०२ ओटा कम्पनीको रू. ४ अर्ब २१ करोड ८८ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा चन्द्रगिरी हिल्स र लिवर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै किसान लघुवित्तको शेयरमूल्य ९ दशमलव २९ प्रतिशतले बढेको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ५ दशमलव ९७ प्रतिशतले बढेको हो ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २९ करोड ४९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५३३ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार २९७ मा रू. १७ करोड ३७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।