ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३.७५ % ले उकालो लाग्यो नेप्से परिसूचक, ६ अर्ब माथिको कारोबारमा व्यापारिक समूहले सर्वाधिक कमाए 

२०७७ फागुन, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २०, काठमाडौं । अघिल्ला दुई कारोबार दिन घटेको बजार बिहीवार ३ दशमलव ७५ प्रतिशत बढेर बन्द भएको छ ।

 यो दिन नेप्से परिसूचक ९० दशमलव ६७ अंक बढेर २ हजार ५०६ दशमलव ६८ विन्दुमा पुगेको हो ।बुधवार २ हजार ४१६ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ४२४ दशमलव ९० विन्दुदेखि खुलेको हो ।

नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३६ प्रतिशत बढेर ४५१ दशमलव ४६ विन्दुमा पुगेको छ । यो दिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक पनि बढेका छन् । 

सर्वाधिक परिसूचक व्यापारिक समूहको ७ दशमलव १ प्रतिशतले बढेको छ । यो दिन व्यापारिक समूहका लगानीकर्ताहरुको सम्पत्ति मूल्य सबैभन्दा बढीले वृद्धि भएको हो । 

यसदिन बैंकिङको २ दशमलव ९६ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ९९ प्रतिशत, विकास बैंकको २ दशमलव ४७ प्रतिशत, जलविद्युतको ४ दशमलव ७८ प्रतिशत, वित्तको २ दशमलव ७८ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ६६ प्रतिशत, अन्यको ५ दशमलव ४४ प्रतिशत, लघुवित्तको ५ दशमलव शून्य ६ प्रतिशत, जीवन बीमाको ३ दशमलव ५ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १९ प्रतिशत र लगानी समूहको ५ दशमलव २६ प्रतिशत परिसूचक बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम भने कम भएको छ । बुधवार रू. ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको बिहीवार रू. ६ अर्ब ५ करोड ८१ लाख ४ हजार बराबरको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर कारोबार भएको हो ।

यो दिन २०६ ओटा  कम्पनीको ६५ हजार १७४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।बिहीवार कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ ।

उक्त कम्पनीको रू. ५३ करोड २३ लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ८ दशमलव ६६ प्रतिशत बढेको छ ।

प्रतिकित्ता रू. ४४ ले बढेर यसदिन कम्पनीको अन्तिम शेयरमूल्य रू. ५५२ कायम भएको हो । यसदिन कम्पनीको शेयरमूल्य न्यूनतम रू. ५०८ देखि अधिकतम रू. ५५८ सम्म पुगेको थियो ।
  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्