ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१२ महीनामा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ८,२५७ वृद्धि !

२०७७ फागुन, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता


फागुन २०, काठमाडौं । साल्ट ट्रेडिङ  कर्पोरेशन शेयर मूल्य १२ महीनामा ८ हजार २५७ रुपैयाँले बढेको छ । 

कम्पनीको शेयर मूल्य सन् २०२० मार्च ४ तारिखमा प्रतिकित्ता रू. २ हजार ७४३ रहेकोमा बिहीवार  २०२१ मार्च ४ सम्म आइपुग्दा प्रतिकित्ता रू. ११ हजार पुगेको हो ।

केहि दिनयता उक्त कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको छ ।  बिहीवार भने कम्पनीको शेयर मूल्य ७ दशमलव ६१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले आव २०७५/ ७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

कम्पनीले आव २०७५/ ७६ को पहिलो त्रैमासिक वित्तीय विवरण मात्र प्रकाशित गरेको छ भने त्यपछिको वित्तीय विवरण हालसम्म प्रकाशित गरेको छैन ।
उक्त कम्पनीको शेयरमा लगानी गर्ने शेयरधनीले छोटो समयमै आकर्षक मुनाफा आर्जन गरेका छन् ।

उदाहरणको लागि एक वर्ष अगाडि उक्त कम्पनीको शेयर प्रतिकित्ता रू. २ हजार ७४३ मा १०० कित्ता खरीद गरेका लगानीकर्ताको सम्पत्ति बिहीवारसम्म आइपुग्दा रू. ११ लाख पुगेको छ । 

यसरी हेर्दा उक्त कम्पनीमा अल्पकालिन रुपमा लगानी गरेका लगानीकर्ताले आर्कषक मुनाफा गरेको देखिन्छ ।

 एक वर्षको कम्पनीको शेयर मूल्य तलको चार्टमा देखाइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्