ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५ वर्षमा देश खाद्यान्नमा आत्मानिर्भर बन्छ : प्रम ओलि

२०७७ फागुन, २०  
वाग्मती प्रदेश
Image Not Found
author avatar एलएन शर्मा

फागुन २०, सिन्धुली । प्रधानमन्त्री केपि शर्मा ओलिले अबको पाँच वर्षमा देश खाद्यान्नमा आत्मानिर्भर बन्दै निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताउनु भयो । सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बिहीवार शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

सुनकोशी–मरिन डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । उक्त डाइभर्सनबाट प्रदेश–२ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, डाइभर्सनको पहिलो विन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको उहाँले बताउनु भयो । ‘मलाई तराई छिर्न हतारो छैन । सुनकोशी–कमला डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा थप सिँचाइ भएपछि मेरो स्वागत गर्न राजनीतिक पार्टी चाहिँदैन । जनताले आफैं गेट बनाउँछन्, ‘उहाँले भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा गएको बताउनु भयो । उहाँले अब जनताको सुरक्षा गर्ने योजना सरकारले ल्याएको र विकास आयोजनाको काम अघि बढाएको बताउनु भयो । प्रधानमन्त्री ओलिले अब अप्टिकल फाइबर बिछ्याएर देशैभरि फोरजी सेवा पु¥याउने बताउनु भयो ।

‘अड्डा अदालत गइरहनु पर्दैन, मोबाइल एपबाटै काम हुन्छ, तपाईं ढुक्क हुनुहोस् देश विकासको बाटोमा अघि बढ्यो ।’ उहाँले विकासको गतिमा हिँड्दा बीच–बीचमा प्रहार हुने गरेको बताउनु भयो । 

उहाँले तराईका पाँच ओटा जिल्ला बरा, रौतहट, सर्लाही, महोत्तरी र धुनषाका एक लाख ८३ हजार विगाह जमिन सिँचाइ पु¥याउने तथा ३१ मेगावटको विद्युत् उत्पादन गर्ने मुख्य लक्ष्यका साथ निर्माण शुरु भएको आयोजनाबाट प्रदेश नम्बर २ का पाँच ओटा जिल्लामा बाह्रै महीना सिचाई पुग्ने छ । सिँचाइ सुविधा पुगेपछि यी पाँच जिल्लामा उत्पादन भएको अन्नबालिले नेपाललाई नै खाद्यान्न पुग्ने गरी उत्पादन हुने र नेपाल निर्यात गर्न सक्ने अवस्थामा पुग्ने उनले बताउनु भयो । 

यस आयोजनाबाट ६७ हजार लिटर पानी प्रतिसेकेन्ड सनुकोशि नदीको पानी मरिण खोलामा झर्नेछ । यो पानी मरिण हुँदै वाग्मती नदीमा मिसिने र यसबाट नहरको व्यवस्थापन गरी सिँचाइ सुविधा पुग्ने छ । यसबाट तराईमा अहिले देखिएको सुक्खा पन रसिलो पनमा रुपान्तरण हुने प्रधानमन्त्री ओलिले बताउनु भयो । 

देश विकास निर्माणमा लम्किसकेकाले अब कसैले चाहदैमा विकास क्रम नरोकिने ओलिले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलिले ‘मलाई तराई–मधेसमा पस्न नदिए हुन्छ । तर, पानी चाहिँ नरोक्नुहोला, ‘उनले भने । उनले प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई–मधेसमा त्यो खबर लैजान अनुरोध गर्नुभयो । 

यो आयोजना सिन्धुली जिल्लाको खुर्कोटदेखि २ किलोमिटर माथि सनुकोशि नदीमा १५८ मटिर लामो ब्यारेज, १५० मिटर लामो डिसेन्डीङ्ग बेसिन र १३३ किमि लामो सुरुङ निर्माण हुनेछ । यसबाट ४४ किलो मिटर लामो विद्युत प्रशारण लाईन विस्तार गरी सर्लाही जिल्लाको नवलपुरमा रहेको विद्युत शव स्टेशनमा लागेर राष्ट्रिय प्रसारणलाईनमा जोडिएको छ । 

यो राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष २०७७/०७८ मा शुरु गरी आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्