ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

५० दिनमा कर्पोरेटपेको कारोबार ५० करोड

२०७७ फागुन, २१  
बजार
NA

काठमाडौं (अस) । कर्पोरेटपेले सेवा सुरु गरेको ५० औं दिनमा ५० भन्दा बढि व्यावसायिक ग्राहक आबद्ध भई ५० करोडभन्दा बढीको भुक्तानी कारोबार भएको छ ।

बैंक, वित्तीय संस्थाका साना तथा मझौला व्यवसायलगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेटपे प्रणाली सञ्चालनमा ल्याइएको हो ।

यो प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी गर्न सकिन्छ । यस्तै, व्यावसायिक ग्राहक एवं सेवा प्रदान गर्ने बैंक÷वित्तीय संस्थाका लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको कम्पनीले बताएको छ ।  यी भुक्तानी व्यावसायिक ग्राहकले छनोट गरेबमोजिम  कनेक्ट आईपीएसमार्फत रियल टाइममा र एनसीएचएल आईपीएसमार्फत ननरियल टाइममा गर्न सकिन्छ ।

यो प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाता लिंक गरी कारोबार गर्न सक्ने व्यवस्था रहेको कम्पनीले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्