ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेयर कप २०७७ क्रिकेट प्रत्यक्ष प्रसारण गर्दै डिसहोम

२०७७ फागुन, २१  
बजार
Image Not Found

काठमाडौं (अस) । डिसहोमले नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित मेयर कप पुरुष (एकदिवसीय) २०७७ को प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यसका लागि डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

उक्त प्रतियोगितामा तीन विभागीय टोली, एउटा बागमती टोली र काठमाडाैं महानगरपालिकाको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता काठमाडौंको कीर्तिपुर तथा मूलपानी मैदानमा फागुन २२ देखि फागुन २९ गतेसम्म चल्नेछ । दुवै प्रतियोगिता डिस मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको कीर्तिपुर तथा मूलपानी मैदानमाको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्