ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ललितपुरमा महिला हस्तकला मेला हुँदै

२०७७ फागुन, २१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको संवद्र्धन’ नारासहित १११ औं अन्तराष्ट्रिय महिला दिवस अवसरमा ललितपुरमा महिला हस्तकला मेला हुने भएको छ ।

ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा फागुन २२ देखि २४ गतेसम्म मेला सञ्चालन गरिने आयोजक संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिस्टलका सामान, हाड र सिङका वस्तु, बिड्सका सामान, ऊनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामग्रीलगायत करिब ५० स्टल रहने मेला आयोजक समिति संयोजक सवितासिंह महर्जनले जानकारी दिइन् ।

मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादन एवं कम आय भएका महिला, जनजाति आदिवासी उद्यमीका साथै अपांगता भएका महिलाका उत्पादन रहने उनले बताइन् । महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन, नेपालको पहिचानअनुरूप स्थानीय हस्तकला वस्तुको बजार विकास र प्रवद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी, व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराएर स्थानीय स्तरमा हस्तकलाको बिक्री र अन्तर्राष्ट्रिय बजारमा  निर्यात प्रवद्र्धन गर्न सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।

मेला उद्घाटन ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन र समापन उपप्रमुख गीता सत्यालले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्