ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्यटक यातायात व्यवसायी तथा कर्मचारीलाई अभीमुखीकरण

२०७७ फागुन, २१  
वाग्मती प्रदेश
Image Not Found

काठमाडौं (अस) । नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटक यातायात व्यवसायी संघको सहकार्यमा बिहीवार काडमाडौंमा पर्यटक यातायात व्यवसायी तथा कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले सेवा प्रदान गर्ने व्यवसाय भएकाले पर्यटनका हरेक क्षेत्रले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।

संघलाई सातै प्रदेशमा स्तरीय पर्यटकीय यातायात सेवा सञ्चालन गर्न र सोको रूटमा गुणस्तरीय खानाको व्यवस्था गर्न एवं पर्यटकीय सेन्टर स्थापना गर्न उनले आग्रह गरे । बोर्डका प्रबन्धक सुमन घिमिरेले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव र पर्यटन प्रवद्र्धनमा बोर्डको भूमिकाबारे जानकारी दिँदै कोभिडकै बीचबाट पर्यटनलाई अगाडि बढाउने चुनौती आएको बताए ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका अधिकृत रोशन थापा मगरले नेपालको कर प्रणाली र करका परिवर्तित नीतिहरूको बारेमा जानकारी गराएका थिए । वरिष्ठ पर्यटन गाइड हरेराम बरालले व्यवसायीले चालक÷सहचालकलाई आतिथ्य, स्वास्थ्य, सरसफाइ र सञ्चारका विषयमा जानकार गराउन आवश्यक भएको बताए ।

संघका अध्यक्ष रामहरि शर्माले पर्यटकीय यातायातको क्षेत्रमा कोभिडले ठूलो असर गरे पनि राज्यबाट व्यवसायीले उचित राहत तथा सुविधा नपाएको गुनासो गरे । कोभिडले गर्दा यो क्षेत्रमा अर्बौंको लगानी र हजारौंको रोजगारी गुम्ने खतरा रहेको भन्दै उनले व्यवसायीमाथि लगाइएका कर हटाउन सरकारसँग माग गरे । संघका अनुसार संघमा आबद्ध करीब २ हजार ७०० पर्यटकीय सवारीसाधनमा रू. १० अर्बभन्दा बढीको लगानी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्