ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भोलिदेखि ललितपुर महानगर परिसरमा महिला हस्तकला मेला शुरु हुँदै

२०७७ फागुन, २१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २१, काठमाडौं । हस्तकलाको प्रबर्द्धन, महिला सशक्तिकरणको सम्बर्द्धन भन्ने नाराका साथ १११ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महिला हस्तकला मेला हुने भएको छ । 

ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा फागुन २२ गतेदेखि २४ गतेसम्म मेला आयोजना हुने आयोजक संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामाग्री ,सीसाजन्य सामग्री गरी करीब ५० ओटा स्टल रहने मेला आयोजक समिति संयोजक सविता सिंह महर्जनले बताइन् ।

 मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिबासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादनहरु रहने पनि उनले बताइन् ।

महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷ नेपालको पहिचानअनुरुप स्थानीय हस्तकला वस्तुको बजार बिकास र प्रबर्द्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी,व्यवसायीलाई उत्पादक, खरीदकर्ता, विक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको विक्री प्रबर्द्धनका साथै अन्तरराष्ट्रिय बजारमासमेत हस्तकला बस्तुको निर्यात प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले बतााएको छ ।

 मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र समापन उपप्रमुख गीता सत्यालले गर्ने  कार्यक्रम रहेको आयोजकले बताएको छ । महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको मेलामा सहभागिता रहने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्