ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पिपुल्स फस्टले रोजगारदाता र रोजगार खोजि गर्ने बीच अन्तरक्रिया गराउँदै

२०७७ फागुन, २१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २१, काठमाडौं । पिपुल्स फस्ट संस्थाले कोरोना महामारीद्वारा रोजगार बजारमा  सृजित समस्यालाई न्युनिकरण गर्दै रोजगारदाता र रोजगारीको खोजिमा रहेका जनशक्तिलाई उत्कृष्ट अवसर प्रदान गर्ने उद्धेष्यले मार्च १३ मा  अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

काठमाडौंस्थित होटल र्‍याडिसनमा आयोजना गरिने रोजगारी सम्बन्धि प्रर्दशनीमा रोजगारदाता र रोजगार खोजि गर्ने बीच एकै छाता मुनि अन्तरक्रिया गर्न लागिएको आयोजकले बताएको छ ।

उक्त अन्तरक्रियामार्फत रोजगारदाताहरुसँगको सघन अन्तरवार्ता मार्फत बजारमा उपलब्ध मानव श्रोत संसाधनको क्षमता आकंलनमा सहयोग पुर्‍याउँदछ भने रोजगारीको खोजिमा रहेका मानिसहरुलाई बर्तमान अवस्थामा विभिन्न रोजगारदाताले चाहेका गुणात्मक जनशक्ति, कार्यस्थलमा आवश्यक पर्ने सिप तथा मानसिकताका बारेमा क्यारीयर काउन्सिलिङ, प्यानल छलफल तथा रोजगारदातासँगको जानकार बनाउने अपेक्षा गरिएको छ ।

लन्चप्याडले काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) नेप्लिज युथ इन्टरप्रेन्युर फोरम (एनवाईईएफ) र्टकिस एयरलाइन्स, केटीएम सिटी तथा क्लिन टेक्नोलोजीसँग सहकार्य र समन्वय गरिरहेको छ ।

तीन दिने लन्चप्याड कार्यक्रम समग्रतामा रोजगार बजारको दक्षता प्रबर्द्धन गर्दै उचित सिपका आधारमा सहि मानिसलाई सहि ठाँउमा पदस्थापन गर्ने एउटा असल प्रयास हुने आयोजकले बताएको छ ।

 उक्त कार्यक्रमको हिस्साका रुपमा रहेको क्यारियर काउन्सेलिङ तथा प्यानल छलफल भने जुमको भर्चुअल प्लेटफर्ममा मार्च ११ र १२ मा सम्पन्न गर्ने कार्यक्रम रहेको छ । 
जोन हप्किंग विश्वविद्यालयका सहायक डिनद्वारा सञ्चालन गरिने क्यारियर काउन्सेलिङ कार्यक्रमको प्रमुख उद्देश्य सहभागिहरुलाई विश्व बजारमा रहेको रोजगारीको अवसरका बारेमा सुसूचित गराउनु रहेको पनि आयोजकले बताएको छ । 

लन्च प्याड २०२१ क्यारिएर तथा रोजगार प्रर्दशनी रोजगारीको खोजिमा रहेका तथा रोजगारदाताका लागि एक समान पहुँचमा आधारित कार्यक्रम हो । लन्चप्याड नेपालमा मानव संसाधन उत्थानमा क्रियाशिल पिपुल फस्ट संस्थाको पहलमा शुरुवात भएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्