फागुन २१, काठमाडौं । गण्डकी ईनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा चैत १३ गते हुने भएको छ ।
कम्पनीले सभा दिउँसो ३ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा गर्ने बताएको । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आव २०७५/ ७६ र आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।