ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अर्थ मन्त्रालय आव २०७८/ ७९ का लागि नयाँ बजेट लेख्ने तयारीमा  

२०७७ फागुन, २१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २१, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/ ७९ को बजेट निर्माणका लागि लेखनको तयारी अघि बढाएको छ ।

मन्त्रालय स्रोतका अनुसार सो मन्त्रालयका वरिष्ठतम सहसचिव डा रामप्रसाद घिमिरेको संयोजकत्वमा बजेट लेखन समिति बनाएको हो। उनको नेतृत्वमा रहेको समितिमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल, धनिराम शर्मा र सुमन दाहाल सदस्य छन्।

नयाँ बजेटका लागि सबै मन्त्रालय, निकाय र आयोगले प्रस्ताव पनि तयार गरिरहेका छन् । ती प्रस्तावहरुलाई समेटेर अर्थले आगामी वर्षको बजेटलाई अन्तिम रूप दिनेछ।

यसअघि पूर्व अर्थ सचिवहरुले कोभिड- १९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरउत्थान गर्नेगरी आगामी आर्थिक बर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिएका थिए ।

उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह पनि गरेका थिए । सचिवहरुले दिएको  सुझावमा भने अर्थसचिव शिशिर ढुंगानाले आगामी आर्थिक वर्षको बजेटमा कोभिड–१९ बाट समस्याग्रस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्ने दिशमा केन्द्रित रहने बताएका थिए ।

चालू आवको बजेटमा निजीक्षेत्रले राहत तथा पुनरुत्थानका लागि ठूलो अपेक्षा गरेता पनि बजेटले उनीहरूलाई निराश बनाएको थियो । कोरोनाले अर्थतन्त्रमा पार्ने असर आगामी वर्ष पनि रहिरहने भएकाले यसका लागि बजेट लक्षित हुनुपर्ने विज्ञहरुको भनाइ छ  ।

नयाँ बजेटको तयारी अघि बढाइए पनि यसपटक स्रोतको अनुमान गर्न कठिन रहेको अर्थ मन्त्रालयसम्बद्ध अधिकारीहरू बताउँछन्। 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्