फागुन २१, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि शनिवार हुने भएको छ ।
कम्पनीले सभा बिहान ११ बजे उद्योग संगठन मोरङको सभाहल विराटनगरमा हुने बताएको छ ।सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
फागुन ६ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउने छन् ।