ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डिम्याट खाताको संख्या ३० लाख ६१ हजारभन्दा बढी पुग्यो

२०७७ फागुन, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २१, काठमाडौं । सिडिएस क्लियरिङ लिमिटेडका अनुसार आज (शुक्ररवार) सम्म डिम्याट खाता संख्या ३० लाख ६१ हजार ६६८ पुगेका छन् । पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता संख्या बढेको हो । 

केही समय अगाडि कम्पनीहरुले पनि आईपीओ बाँडफाँट गरेको एक महीनापछि शेयर सूचीकृत गराउथे भने अहिले आईपीओ बाँडफाँट भएको एक हप्तामै शेयर कारोबार हुन थालेको छ । यसले गर्दापनि प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । बजार बुलिस ट्रेण्डमा रहेकाले छोटो समयमा थारै लगानीबाट धरै आम्दानी भएपछि शेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ अझै आगामी दिन डिम्याट खाता खोल्नेको संख्या बढ्ने देखिन्छ । 

नयाँ इन्स्योरेन्स कम्पनी लगायत डिस होम जस्ता कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेकाले पनि अझै डिम्याट खाता खोल्नेको संख्या वृद्धि हुने देखिन्छ । नेपाली धितोपत्र बजारमा सबैभन्दा बढी कित्ता आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ निष्कासन गरेपछि पनि डिम्याट खाता संख्या बढेको देखिन्छ । कम्पनीले ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीको आईपीओमा न्यूनतम १० देखि ५० कित्तासम्म माग गरी आवेदन गरेकाले माग गरे बमोजिम र त्यसभन्दा बढी ६० कित्तासम्म पाएका थिए । यसले गर्दा पनि शेय्र बजारमा लगानीकर्ता आकर्षण बढेको हो । डिम्याट खाता ३० लाखभन्दा बढी भएपनि दोस्रो बजारमा दैनिक कारोबार गर्ने भने न्यून छन् । 

हालसम्म दैनिक करोबार गर्ने लगानीकर्ताको संख्या ४ लाख रहेका छन् भने १६ लाखले आईपीओ भर्दै आएका छन् । करीब पाँच महीना यता डिम्याट खाता संख्या १० लाख थपिएका छन् । गत असोज २६ गतेसम्म २० लाख ७३ हजार १६८ रहेकोमा  फागुन आज २० गतेसम्म ३० लाख नाघेका पुगेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्