ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

२०७७ फागुन, २३  
बजार
Image Not Found

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले धुलिखेल अस्पतालअन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरे ।
चोङ र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्र उद्घाटन गरेका थिए । प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको एनसेलले बताएको छ ।

पहलअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्दै छ ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङसिन र काभ्रेको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम सञ्चालन हुनेछ । यी केन्द्रले १५ हजारभन्दा बढी घरधुरीका समुदायहरुलाई सेवा प्रवाह गर्ने कम्पनीले जनाएको छ ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले प्रविधिको प्रयोगमार्फत दूरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एनसेलसँगको साझेदारीमा टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन हुनु ठूलो उपलब्धि भएको बताए ।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ मकाजु श्रेष्ठले यो कार्यक्रमले २५ वर्षअघिदेखिको परिकल्पनाअनुसार ग्रामीण र दुर्गम भेगका जनताका घरदैलोमै सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्