ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रोजगारसम्बन्धी प्रदर्शनीमा रोजगारदाता र रोजगार खोजी गर्नेबीच एकै छातामुनि अन्तर्क्रिया गराइँदै

२०७७ फागुन, २३  
बजार
Image Not Found

काठमाडौं (अस) । पिपुल्स फस्ट संस्थाले कोरोना महामारीद्वारा रोजगार बजारमा  सिर्जित समस्यालाई न्यूनीकरण गर्दै रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई अवसर प्रदान गर्ने उद्देश्यले मार्च १३ मा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

काठमाडौंस्थित होटल र्‍याडिसनमा आयोजना गरिने रोजगारसम्बन्धी प्रदर्शनीमा रोजगारदाता र रोजगार खोजी गर्नेबीच एकै छातामुनि अन्तर्क्रिया गर्न लागिएको आयोजकले जानकारी दिएको हो ।

उक्त अन्तर्क्रियामार्फत रोजगारदातासँगको अन्तर्वार्तामार्फत बजारमा उपलब्ध मानव स्रोत संसाधनको क्षमता आकलनमा सहयोग पुर्‍याउनेछ भने रोजगारीको खोजीमा रहेकालाई विभिन्न रोजगारदाताले चाहेका गुणात्मक जनशक्ति, कार्यस्थलमा आवश्यक पर्ने सीप तथा मानसिकताबारे क्यारियर काउन्सिलिङ र प्यानल छलफलमार्फत जानकारी गराइनेछ ।

लन्चप्याडले काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) नेप्लिज युथ इन्टरप्रेन्युर फोरम (एनवाईईएफ) टर्किस एयरलाइन्स, केटीएम सिटी तथा क्लिन टेक्नोलोजीसँग सहकार्य र समन्वय गरिरहेको छ ।

तीन दिने लन्चप्याड कार्यक्रम समग्रतामा रोजगारी बजारको दक्षता प्रवद्र्धन गर्दै सीपका आधारमा सही मानिसलाई सही ठाउँमा पदस्थापन गर्ने प्रयास हुने आयोजकले बताएको छ ।
कार्यक्रमको हिस्साका रूपमा रहेको क्यारियर काउन्सिलिङ तथा प्यानल छलफल भने जुमको भर्चुअल प्लेटफर्ममा मार्च ११ र १२ मा सम्पन्न गरिनेछ ।

जोन हप्किङ विश्वविद्यालयका सहायक डिनद्वारा सञ्चालन गरिने क्यारियर काउन्सिलिङ कार्यक्रमको प्रमुख उद्देश्य सहभागीलाई विश्व बजारमा रहेका रोजगारीका अवसरबारे सुसूचित गराउनु रहेको आयोजकको भनाइ छ ।

लन्च प्याड २०२१ क्यारियर तथा रोजगार प्रदर्शनी रोजगारीको खोजीमा रहेका तथा रोजगारदाताका लागि समान पहुँचमा आधारित कार्यक्रम हो । लन्चप्याड नेपालमा मानव संसाधन उत्थानमा क्रियाशील पिपुल फस्ट संस्थाको पहलमा सुरु भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्