ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लगातार ओरालो लाग्ने क्रममा रहेको सुनको भाउ आइतवार भने बढ्यो

२०७७ फागुन, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं । केही दिनदेखि लगातार घट्ने क्रममा रहेको सुनको मूल्य आइतवार भने उकालो लागेको छ । स्थानिय बजारमा आइतवार सुनको मूल्य रू. ५०० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ८६ हजार १०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८५ हजार ६५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ८५ हजार १५० मा कारोबार भएको थियो । 

यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. एक हजार २५० मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेकको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्