ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइतवार पहिलो घण्टामा ०.५४% घट्यो नेप्से (१२ बजेको अपडेट)

२०७७ फागुन, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १३ दशमलव ५८ अंकले घटेर २ हजार ४९३ दशमलव शून्य ९ विन्दुमा पुगेको छ ।   

२ हजार ५१९ दशमलव ९७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ५४ प्रतिशतले घटेको हो । 

कारोबारको पहिलो घण्टामा चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८३ प्रतिशतले बढेको छ ।

पहिलो घण्टाको अवधिमा १९४ ओटा कम्पनीको १६ हजार ३३१ पटकको कारोबारमा २६ लाख ७४ हजार ७४० कित्ता शेयरको रू. १ अर्ब ४५ करोड ८८ लाख बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, जलविद्युत र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।  

यस अवधिसम्म नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४५८ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्