ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.१८% घटेको बजारमा २ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (१ बजेको अपडेट)

२०७७ फागुन, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४ दशमलव ५७ अंकले घटेर २ हजार ५०२ दशमलव ११ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव १८ प्रतिशतले घटेको हो । 

कारोबारको दोस्रो घण्टामा चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ८३ प्रतिशतले बढेको छ ।

दोस्रो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको रू. २ अर्ब ३३ करोड ८५ लाख ७० हजार बराबरको खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत, वित्त र निर्जीवन बीमा, समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।  

यस अवधिसम्म नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २६ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४६३ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्