ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सपोर्ट लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत २० गते 

२०७७ फागुन, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा चैत २० गते बोलाएको छ । सभा बिहान ९ बजे होटल इस्टर्न प्यालेस प्रा.ली इटहरीमा बोलाएको हो । 

सभाले गत अवाको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्नेछ । 

सभाको विशेष प्रस्तावमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ‘घ’ वर्गका वित्तीय संस्थाको शाखालाई राष्ट्रिय स्तरमा स्तरोन्नति नभएसम्म एक प्रदेशमा कार्यरत रहनु पर्ने निर्देशन बजमोजिम यस कमपनीको प्रदेश नं ३ मा रहेको तीन शाखा कार्यालयहरु विक्री बन्द स्थानान्तरण गरी प्रादेशिक रुपमा कार्य गर्न तथा उक्त कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साथै, यस कम्पनी तथा अन्य कुनै पनि उपयुक्त लघुवित्त कम्पनी एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने भई जाने सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्