ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३ अर्ब २७ करोडको शेयर कारोबार भएको बजारमा सर्वाधिक हिस्सा नेपाल बैंकको (२ बजेको अपडेट)

२०७७ फागुन, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १७ दशमलव २१ अंकले घटेर २ हजार ४८९ दशमलव ४७ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ६९ प्रतिशतले घटेको बजारमा २०९ ओटा कम्पनीको रू. ३ अर्ब २७ करोड ५ लाख १९ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर र रैराङ हाइड्रोपावरको शेयरमूल्य क्रमश : ९ दशमलव ९२, ९ दशमलव ८३ र ९ दशमलव ६९ प्रतिशतले बढेको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक र जलविद्युत, समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।  

यस अवधिसम्म नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३२ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४५८ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५४४ मा रू. ३१ करोड ३१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्