ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.८६ % घटेर २४८५.०९ विन्दुमा नेप्से, ५ अर्बभन्दा बढीको शेयर किनबेच

२०७७ फागुन, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं । साताको पहिलो  कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ८६ प्रतिशत घटेर २ हजार ४८५ दशमलव शून्य ९ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २१ दशमलव ५८ अंकले घटेको हो । 

यो दिन २११ ओटा कम्पनीको १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर ५३ हजार ९७० पटकमा  रू. ५ अर्ब ५४ लाख ६६ हजार ४८० बराबरको शेयर खरीदविक्री भएको छ । सर्वाधिक कारोबार नेपाल इन्फ्रास्टक्चर बैंकको  भएको छ । उक्त कम्पनीको रू. ४२ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

यो दिन सबैभन्दा बढी चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य आइतवार प्रतिकित्ता रू. ६६५ पुगेको छ । दोस्रोमा नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ९ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ ।  उक्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्कषण बढेको हो ।

कम्पनीले  आइतवार नै १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो दिन कारोबारमा आएका १३ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ९२ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २ दशमलव २४ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

 सबैभन्दा बढी ब्यापार समूहको परिसुचक ४ शदमलव ६८ प्रतिशतले घटेको छ । शेयर मूल्य सबैभन्दा बढी घट्नेमा नेशनल  हाइड्रोपावर कम्पनीको ५ दशमलव ५२ प्रतिशत घटेको हो । त्यसैगरी दोस्रोमा साल्ट टेड्रिङ कर्पोरेशनको शेयर मूल्य ५ प्रतिशतले घटेको छ । शेयर बजारलाई अहिलेको राजनीतिक माहोलले प्रभावित पारेको हुन सक्ने बजार  विश्लेषकहरुले बताएका छन् ।

बिहीवार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लप समूह का उपस्थितिमा दुवै पक्षबीच बिहीवार भएको सहमतिमा शुक्रवार हस्ताक्षर भएको थियो । बिहीवार विप्लप समूह शान्तिपूर्ण राजनीतिमा आएको खबरले  पनि लगानीकर्ता निकै उत्साहित भएका थिए र बजार पनि ९० अंकले वृद्धि भएको थियो । त्यसोत नेपालको राजनीतिले अझै निश्चित गति लिएको छैन ।

आइतवार अपरान्ह ४ बजे संसद बैठक बस्दैछ । नयाँ सरकार बन्ने वा प्रधानमन्त्री ओलि नेतृत्वकै बर्तमान सरकाले निरन्तरता पाउने टुङगो लागेको छैन । यसले गर्दा पनि शेयर बजारमा पर्ख र हेरको अवस्था सृजना भएको देखिन्छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्