फागुन २३, काठमाडौं । तीन ओटा अलग- अलग कम्पनीको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था,माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको बोनस शेयर सूचीकृत भएको हो । छिमेक लघुवित्तको ३३ लाख कित्ता बोनस शेयर,माछापुच्छ्रे बैंकको ५९ लाख ४६ हजार १६९ दशमलव ३१ कित्ता र लक्ष्मी बैंकको ८८ लाख ३१ हजार ३०३ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ती तीन ओटै कम्पनीको बोनस शेयर डिम्याट खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
छिमेक लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर,माछापुच्छ्रे बैंकले पुस २ गते साधारण सभाबाट पारित ७ प्रतिशत र लक्ष्मी बैंकले पुस २८ गतेको साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।