ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल इन्फ्रास्ट्रक्चर बैंक दुई वर्ष पूरा गरी तेस्रो वर्षमा

२०७७ फागुन, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन २३, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । उक्त कम्पनीले विसं २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा शुरु गरेको थियो ।

मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा उक्त कम्पनी स्थापना भएको हो । २० अर्ब चुक्तापूँजीको  उक्त कम्पनीमा संस्थापक समूहको १२ अर्ब रुपैयाँ र सर्वसाधारणको ८ अर्ब रुपैयाँ लगानी छ ।

कम्पनीले हालै सर्वसाधारणका लागि शेयर निष्कासन गरी चुक्तापूँजी २० अर्ब रुपैयाँ पु¥याइसकेको छ । कम्पनीमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी रहेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरु समेतको लगानी रहेको छ ।  

कम्पनीले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । कम्पनीले आफ्नो अगुवाइ/ सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जा लगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ । उक्त कम्पनीले तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल स्नेही काखलाई शुक्रवार ३ लाख रुपैयाँ  सहयोग गरेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्